Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेसपाले संगठन निर्माण तथा विस्तार अभियान साउन १ देखि सुरु गर्ने

    नेसपाले संगठन निर्माण तथा विस्तार अभियान साउन १ देखि सुरु गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 657
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीको संगठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि सुरू हुने भएको छ ।

    मंगलबार बसेको बैठकले उक्त दिन देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।



    अभियानको शुरूआती चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुनेछ । जसमा कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ जनाईएको छ।



    त्यस्तै बैठकले पार्टीले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरूलाई अभियानको नेतृत्वमा चयन समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार