Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्तिको परीक्षाका लागि आवेदन

    काठमाडौं महानगरले माग्यो कक्षा ११ मा छात्रवृत्तिको परीक्षाका लागि आवेदन

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 756
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

    काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।



    आवेदन आज बिहान १० बजेदेखि साउन १२ गते राति ११ः५९ बजेसम्म अनलाइनमार्फत आवेदन फाराम पेस गर्न सकिने महानगरले जनाएको छ ।



    परीक्षा साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म हुने छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार