Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेस र कोशी प्रदेशका ७ जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

    मधेस र कोशी प्रदेशका ७ जिल्लामा भारी वर्षा, सतर्क रहन आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मधेश र कोशी प्रदेशका सात जिल्लामा भारी वर्षा मापन भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ देखि ६ घन्टामा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको छ।



    झापाको अनारमनीमा पछिल्लो २४ घन्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१।६ मिलिमिटर वर्षा भएको छ। धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ।



    यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घन्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ। यी जिल्ला भई बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जानकारी दिए । नदी तटीय क्षेत्र र डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार