Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुनजस्तो देखिने वस्तुसहित हेटौंडाबाट एक जना पक्राउ

    सुनजस्तो देखिने वस्तुसहित हेटौंडाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 570
    SHARES

    संकेतिक तस्विर

    मकवानपुर । प्रहरीले सुन जस्तो देखिने वस्तुसहित मकवानपुरबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

    हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट सुन जस्तो देखिने वस्तु करिब ४ सय ९० ग्रामसहित पर्सा वीरगंज महानगरपालिका-१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।



    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीबाट उनलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।



    पक्राउ परेका सोनार र सो वस्तुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार