Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मकवानपुरको सिक्रेनी पहिरोमा वेपत्ता एक जनाको शव भेटियो

    मकवानपुरको सिक्रेनी पहिरोमा वेपत्ता एक जनाको शव भेटियो

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 759
    SHARES

    मकवानपुर । मकवानपुरको सिक्रेनी पहिरोमा वेपत्ता भएका एक जनाको शव भेटिएको छ ।

    मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको शव भेटिएको हो ।



    उनको शव सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकरेस्थित बागमती खोलाको बीच बगरमा फेला परेको प्रहरीले जनाएको छ ।



    पहिरोले सिक्रेनीमा रहेको स्याङ्तानको घर बगाउँदा उनीसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी बेपत्ता छन् ।

    पहिरोमा परेकी अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने हिजो नै उपचारका लागि अस्पताल लैजाँदा बाटोमा मृत्यु भएको थियो ।

    पाहुन आएका उनका ज्वाइँ सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ भने पहिरोमा बगेको १४ घन्टापछि जीवित भेटिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार