Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी

    मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना बिरामी

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    मकवानपुर। मकवानपुरमा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन् ।

    मकवानपुरको राक्सिराङ गाउँपालिका २ को औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका हुन् ।



    च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेका छन् ।



    विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् । च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार