Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 810
    SHARES

    फाइल तस्विर

    हेटौँडा । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।

    मकवानपुरको मकवानपुरगढी-२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको हो ।



    घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका छन् ।



    सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार