Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मकवानपुरको भीमफेदीमा भेटियो किशोरीको शव

    मकवानपुरको भीमफेदीमा भेटियो किशोरीको शव

    अनलाइन नेपाल
  • आइतबार, २१ साउन २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा एक जना किशोरीको शव फेला परेको छ।

    माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको हो। मृतक किशोरीको पहिचान खुलेको छैन।



    अन्दाजी १६/१७ वर्षकी देखिने किशोरीको शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ।



    घटनाको अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार