Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 486
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो तीन घन्टा सप्तरी, सुनसरी र मोरङमा भारी वर्षा भएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तरीको बरमझिया, सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैँचा आसपास अति भारी वर्षा भइरहेको हो ।



    यी क्षेत्रमा पछिल्लो तीन घन्टामा १०० मिलिमिटरभन्दा बढी वर्षाको मापन भएको छ।



    सप्तरीमा तीन घन्टामा १०८.४ मिलिमिटर र चौबिस घन्टामा १२३.६ मिलिमिटर वर्षा मापन भएको छ। आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार