Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • लम्की स्कीनबाट ३७ अर्ब बराबरको क्षति भइसक्यो, नियन्त्रण गर्न गम्भिर बनौँ : पदम गिरी

    लम्की स्कीनबाट ३७ अर्ब बराबरको क्षति भइसक्यो, नियन्त्रण गर्न गम्भिर बनौँ : पदम गिरी

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 510
    SHARES

    काठमाडौं । नेकपा (एमाले) ले पशुचौपायमा लागेको लम्पिस्किन रोगले विकराल रूप लिँदा पनि सरकारले गम्भीरताका साथ नलिएको आरोप लगाएको छ ।

    आजको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले चार महिनाको अवधिमा ३७ अर्ब क्षति भएको उल्लेख गर्दै न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



    उनले पैसा नभएको किसानलाई राहत दिन नसक्ने अवस्था सिर्जना भएको भए पनि सांसदलाई दिने भनिएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तरण गर्न सुझाव दिए ।



    उनले भने, ‘लम्की स्कीनको विकराज स्थिती भएको छ । ३७ अर्ब बराबरको क्षति हुँदा समेत सरकारले उदासिनता देखिएको छ । यो न्यूनीकरणमा सरकारले काम गरेको भए यो स्थिति आउने थिएन ।’

    साथै निकट भविष्यमा २५ लाख पशुचौपाया संक्रमित हुने र एक लाख मर्ने अवस्था आउने विज्ञहरुको भनाइ रहेको भन्दै सरकारले खोप, औषधि र राहतको तत्काल व्यवस्था गराउन माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार