Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • दर्शकलाई मुक्का हान्ने आर्मीका भलिबल खेलाडीलाई ६ महिनाको प्रतिबन्ध

    दर्शकलाई मुक्का हान्ने आर्मीका भलिबल खेलाडीलाई ६ महिनाको प्रतिबन्ध

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 588
    SHARES

    काठमाडौं । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ ।

    संघले नेपाली राष्ट्रिय टोलीका समेत खेलाडी रहेका आर्मी क्लबका धनबहादुर भट्टलगायतका ३ जना खेलाडीलाई ६ महिनाको प्रतिबन्ध लगाएको छ। उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रतियोगितामा ६ महिनाको प्रतिबन्ध लगाएको हो।



    सातौं प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब लिगको गण्डकी प्रदेशसँगको खेल दौरान धनबहादुर भलिबल कोर्ट नै छाडेर एक दर्शकलाई मुक्का हान्न पुगेका थिए।



    त्यसैगरी दर्शकलाई हातपात गरेको आरोपमा आर्मीकै राजेन्द्र विष्ट र धनपती कुँवरलाई पनि ३ महिनाको प्रतिबन्ध लगाइए हो ।

    यस घटनाको छानबिनका लागि गठन गरिएको ५ सदस्यीय समितिको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको बैठकले कारबाहीको निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार