Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • राष्ट्रिय भलिबल टिमको कप्तानबाट थापा बर्खास्त

    राष्ट्रिय भलिबल टिमको कप्तानबाट थापा बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तानबाट हरिहजुर थापालाई बर्खास्त गरेको छ ।

    सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।



    गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भलिबल संघले बताएको छ । सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए ।



    घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले उनलाई कप्तानबाट हटाएको हो ।

    छानबिन समितिले खेलाडी, दर्शक र भलिबलमा संलग्नहरुको सुरक्षालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापनमा समेत कडाइ गर्न भलिबल संघलाई सुझाव दिएको छ ।

    विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार