Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हरिहजुर बने राष्ट्रिय भलिबल टोलीका दशौँ कप्तान

    हरिहजुर बने राष्ट्रिय भलिबल टोलीका दशौँ कप्तान

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 4K
    SHARES

    काठमाडौं । हरिहजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीकाे दशौं कप्तान बनेका छन् । नेपाल भलिबल संघले उनलाई कप्तानको रुपमा चयन गरेको हो ।

    यसअघि नेपाली टोलीका नियमित कप्तान इम रानामगर बाहिरिएसँगै थापाले कप्तानीको अवसर गर्न पाएका हुन् ।



    उनी सन् २०१५ देखि निरन्तर रूपमा टोलीका मुख्य खेलाडीका रूपमा रहँदै आएका छन् । अब नेपालले हरिहजुरको कप्तानीमा नेसन्स लिग खेल्ने छन् ।



    काभा पुरुष भलिबल नेसन्स लिग खेल्न नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेका छन् । नेपाली टोलीलाई नेपाल भलिबल संघले बिहीबार नै बिदाइ गरेको थियो ।

    काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार