Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कप्तानबाट हटाएसँगै हरिहजुर एशियाडको प्रशिक्षणमा सहभागी नहुने

    कप्तानबाट हटाएसँगै हरिहजुर एशियाडको प्रशिक्षणमा सहभागी नहुने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 915
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापा एशियाडको प्रशिक्षणमा सहभागी नहुने भएका छन्।

    हालै राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानबाट हटाइएका थापाले स्वास्थ्यको कारण देखाउँदै १९ औं एसियाली (एसियाड) खेलकुदको तयारीमा रहेको टोलीको प्रशिक्षणमा भाग नलिने भएका हुन् ।



    चीनमा असोजमा हुने एसियाडका लागि १२ सदस्यीय टोलीमा आफू परेपनि प्रशिक्षणमा सहभागी हुन नसक्ने सामाजिक सन्जालमार्फत जनाएका छन् ।



    क्षमतामाथि प्रश्न उठाउँदै भलिबल संघले हरिहजुरलाई कप्तानको जिम्मेवारीबाट हटाएको थियो । उनको स्थानमा मानबहादुर श्रेष्ठलाई राष्ट्रिय टिमको नयाँ कप्तान बनाईएको छ ।

    नेपालको भलिबलका महिला र पुरुष दुवै टिमले एसियन गेम्स खेल्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार