Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मंगोलियन बक्सरलाई हराउँदै पहिलो पटक नेपालकी सुश्मा फाइनलमा

    मंगोलियन बक्सरलाई हराउँदै पहिलो पटक नेपालकी सुश्मा फाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 411
    SHARES

    काठमाडौं । नेपाली महिला बक्सर सुश्मा तामाङ एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन् ।

    बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी हुन् ।



    फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन् । अब स्वर्ण पदकका सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने छिन् । फाइनल खेल बुधबार हुनेछ ।



    यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार