Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मालाई सरकारले ६ लाख पुरस्कार दिने

    बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मालाई सरकारले ६ लाख पुरस्कार दिने

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 486
    SHARES

    काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

    महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् ।



    एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।



    राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

    यस्तै मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार पाउनेछन् भने संघले पनि १ लाख ८० हजार पाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार