Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • फाइनलमा पराजित सुष्माले जितिन् ऐतिहासिक रजत

    फाइनलमा पराजित सुष्माले जितिन् ऐतिहासिक रजत

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 414
    SHARES

    काठमाडौं । यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भएकी छन् ।

    रजतमै सीमित हुनुपरे पनि उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो ।



    एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।



    बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भईन् ।

    यस अघि सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुगेकी थिइन् ।

    यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुन् ।

    प्रतियोगितामा नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडी गरि ६ जनाएको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार