Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा नगदसहित सम्मानित

    बक्सिङमा ऐतिहासिक रजत जितेकी सुष्मा नगदसहित सम्मानित

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 348
    SHARES

    काठमाडौं । शिरिष फाउन्डेसनले बक्सिङ खेलाडी सुष्मा तामाङलाई नगदसहित सम्मान गरेको छ ।

    फाउन्डेसनले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सुष्मालाई २५ हजार नगदसहित सम्मान गरेको हो ।



    बैंककमा गत बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् ।



    फाउन्डेसनले सुष्मालाई प्रायोजन समेत गरेको छ । उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्राउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको फाउण्डेशनले सुष्मालाई एक वर्षको लागि प्रायोजन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार