Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब

    नेपाली भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब

    अनलाइन नेपाल
  • मंगलबार, १९ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरुले पहिलो पटक मासिक पारिश्रमिक पाउने भएका छन् ।

    राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको हो ।



    हाल अमेरिकामा रहेका भलिबका पूर्वखेलाडी, भलिबलप्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई पहिलो पारिश्रमिक वितरण समेत गरेको छ ।



    अमेरिकामा रहेका दाताहरुले सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तलब संघको खातामा पठाइसकेका छन् । संघले मंगलबार तीन महिनाको एकमुष्ट तलब जनही १५ हजारका दरले खेलाडीलाई वितरण गरेको हो ।

    संघले २४ खेलाडीका लागि तलब दिने छ । नेपाल भलिबल संघले यसलाई नेपाली भलिबल इतिहासमै ऐतिहासिक कार्य भएको दाबी गर्दै यसले खेलाडीलाई सहयोग पुग्ने बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार