Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक जारी, मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गरिने

    प्रतिनिधिसभा बैठक जारी, मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गरिने

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले पनि जारी छ । बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल भइरहेको छ ।

    आज आइतवारको संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ ।



    मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनेको र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको बताइएको छ । तर जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूले भने मिटरब्याजसम्बन्धी विधेयकलाई जस्ताको त्यस्तै पारित गर्न नहुने भन्दै विरोध गरेको छ ।



    मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० गतेभित्र पारित गरिसक्नुपर्नेमा नेकपा एमालेको संसद् अवरोधका कारण विधेयक निष्क्रिय बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार