Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • व्यावसायिक फुटबल खेल्न सावित्रा इजरायल जाँदै, एन्फाद्वारा बिदाइ

    व्यावसायिक फुटबल खेल्न सावित्रा इजरायल जाँदै, एन्फाद्वारा बिदाइ

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 531
    SHARES

    काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको बिदाई गरिएको छ ।

    भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ,अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाई गरेका हुन् ।



    क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि इजरायल जान लागेकी सावित्रा अगष्ट १ मा त्यसतर्फ प्रस्थान गर्नेछिन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।



    घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

    यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् । केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार