Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • इजरायलमा एकै खेलमा सावित्राले गरिन् चार गोल

    इजरायलमा एकै खेलमा सावित्राले गरिन् चार गोल

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले एकै खेलमा चार गोल गरेकी छिन् ।

    इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको हो ।



    यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् । उनी प्लेअर अफ म्याच पनि बनिन् । सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो महिला खेलाडीका रुपमा गएको महिना इजरायल गएकी थिइन् ।



    उनले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार