Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बनिन् सावित्रा

    दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बनिन् सावित्रा

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् ।

    सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन् ।



    ​साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत गए राति भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले कीर्तिमान हात पारिन् ।



    बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् । २६ वर्षीया सावित्राले ४६ खेलमा ५३ गोल गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार