Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरमा छात्रवृत्तिका लागि १ हजार बढीले दिए आवेदन

    काठमाडौं महानगरमा छात्रवृत्तिका लागि १ हजार बढीले दिए आवेदन

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 447
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जनाले अनलाइन आवेदन दर्ता गरेका छन् ।

    काठमाडौं महानगरले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह साढे तीन बजेसम्म सो संख्यामा अनलाइनमार्फत आवेदन परेको हो ।



    जसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन्। दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन्। यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ।



    प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको महानगरपालिकाले जनाएको छ ।

    कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने प्रारम्भिक अवस्थाबाट देखिएको महानगरको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार