Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आफ्नै घरको शौचालयमा एक महिला मृत फेला

    आफ्नै घरको शौचालयमा एक महिला मृत फेला

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 483
    SHARES

    फाइल तस्विर

    सिराहा। सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत फेला परेकी छन् ।

    सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।



    सुधन यादवसँग करिब ५ वर्ष अघि बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।



    राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ ।

    शान्तिको माइत पक्षले छोरीलाई हत्या गरी झुण्डयाईदिएको आरोप लगाएका छन् । श्रीमान् वैदेशिक रोजगारीमा हुँदा पटक पटक झैँ झगडा हुँदै आएकोमा मारेर झुण्डयाई दिएको आरोप माइती पक्षको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार