Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पार्टीभित्र पदमात्र फेर्नु रूपान्तरण होइन : विमलेन्द्र निधि

    पार्टीभित्र पदमात्र फेर्नु रूपान्तरण होइन : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • आइतबार, ७ साउन २०८०
  • 510
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले देश र जनताका लागि काम गर्नुपर्ने बताएका छन् ।

    आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै निधिले यस्तो बताएका हुन् ।



    निधिले पार्टीभित्र रूपान्तरण आवश्यक रहेको बताए। तर रूपान्तरण नेतृत्वमा रहेकाहरूको अनुहार बदल्न मात्र सीमित हुन नहुने उनले बताए।



    निधिले भने, ‘आजकल देश र पार्टीभित्र पनि रूपान्तरण बहस चलेको छ। तर अनुहार, पदमात्र फेर्नु रूपान्तरण होइन।’

    साथै चुनावको तयारी अहिलेदेखि गर्नुपर्ने निधिको भनाइ छ। उनले प्रदेशलाई अधिकार दिइनुपर्ने बताए। बरू यसका लागि संविधान संशोधन र कानून परिमार्जन गर्नुपर्ने भए पनि गर्नुपर्ने उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार