Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • राजतन्त्र फर्कने कुनै सम्भावना छैन्, हल्लाका पछाडि नलागौँ : विमलेन्द्र निधि

    राजतन्त्र फर्कने कुनै सम्भावना छैन्, हल्लाका पछाडि नलागौँ : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 759
    SHARES

    सिन्धुली । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताएका छन् ।

    नेपाली कांग्रेस सिन्धुलीद्वारा शुक्रबार सदरमुकाम माडीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता निधिले यस्तो बताएका हुन् ।



    उनले राजतन्त्र फर्कन्छ भन्ने निरर्थक हल्लाका पछाडि लाग्न नहुने भन्दै एजेण्डाविहीन मुद्दामा चासो राख्नु जरूरी नभएको बताए ।



    संघीयता विरोधी शक्तिहरू सल्बलाउन थालेको भन्दै कांग्रेस नेता निधिले कांग्रेससहित अन्य दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ बनाउनका लागि बाँकी कामलाई मूल एजेण्डा बनाउनु पर्नेमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार