Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै हो : विमलेन्द्र निधि

    कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने कुरा हल्ला मात्रै हो : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 1K
    SHARES

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने बताएका छन् ।

    आइतबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । नेता निधिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताए ।



    नेता निधिले भने,’अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ । पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।’



    उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको बताए । वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो ।

    राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार