Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वर्षाका कारण देउखुरी क्षेत्रका एक दर्जन बढी घर डुबानमा

    वर्षाका कारण देउखुरी क्षेत्रका एक दर्जन बढी घर डुबानमा

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 561
    SHARES

    दाङ । भारी वर्षाका कारण देउखुरी क्षेत्रमा एक दर्जन बढी घर डुबानमा परेका छन्।

    गएरातिदेखि लगातार परेको पानीका कारण देउखुरीका लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका विभिन्न ठाउँहरु डुबानमा परेका हुन् ।



    लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबईलगायत अन्य‍ नदीहरूको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपील गरेको छ ।

    दाङका बगासोती, लालमटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा लगायत स्थानमा भारी वर्षा मापन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार