Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सरकारविरुद्ध माइतीघरमा ब्युटिसियन संघको प्रदर्शन

    सरकारविरुद्ध माइतीघरमा ब्युटिसियन संघको प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 555
    SHARES

    काठमाडौं । नेपाल ब्युटिसियन संघले काठमाडौंको माईतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेको छ ।

    अध्यागमन विभागमा कार्यरत एक महिला शाखा अधिकृतले केएल टावरमा अवस्थित एक फेसियल हाउसमा गरेको व्यवहार र व्यक्त अभिव्यक्तिले ब्युटिसियन पेसामाथि नै आँच आउनेगरी झुटो आरोप लगाई प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै आज नेपाल ब्युटिसियन संघले माइतीघरमा प्रदर्शन गरेको हो।



    प्रदर्शनका क्रममा उनीहरूले ट्रेड युनियन अधिकार जिन्दावाद, नेपाल ब्युटिसियन संघ जिन्दावाद , गृहको कर्मचारीले अनैतिक दबाब दिन मिल्दैन, सम्मानजनक पेशा व्यवसाय गर्न पाउँ, गृह जनताको हो कर्मचारीको हैन,



    गृह सचिवले पदीय दुरुपयोग गर्न पाउँदैन, गृहको उच्च पदाधिकारीबाट गरिएको चरम पदिय दुरुपयोग बन्द गर, पदको दुरुपयोग गरी प्रहरी परिचालन गर्न मिल्दैन जस्ता नाराहरू सहितका प्ले कार्डहरू बोकेका थिए ।

    अध्यागमन विभागमा कार्यरत ती महिलाले फेसियल हाउसकी संचालक सुष्मा महरा र फेसियल हाउसलाई बदनाम गर्ने नियतले गरेको उजुरी विरुद्ध उच्च अदालत पाटनले अन्तरीम आदेश जारी गरी सकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार