Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

    निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 321
    SHARES

    काठमाडौं । माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गर्ने नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।



    उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर !, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।



    प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।

    माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार