Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माइतीघरमा प्रदर्शन गर्ने १५ जना अधिकारकर्मी पक्राउ

    माइतीघरमा प्रदर्शन गर्ने १५ जना अधिकारकर्मी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 549
    SHARES

    काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न पुगेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    एनसेलमा बिक्री प्रकरणको अनुसन्धानका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेको मानवअधिकारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।



    प्रदर्शनबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव अधिकारवादीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।



    स्थानीय प्रशासनले मंसिर ५ गते माइतीघरलाई एक महिनाका लागि निषेधित क्षेत्र तोकेको थियो।

    बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले थप दुई महिनाका लागि माइतीघरलाई निषेधित क्षेत्र तोकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार