Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रूसी सेनामा रहेका नेपालीका परिवारले माइतीघरमा सुरू गरे अनशन

    रूसी सेनामा रहेका नेपालीका परिवारले माइतीघरमा सुरू गरे अनशन

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 198
    SHARES

    काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरूले माइतीघर मण्डलमा अनशन सुरू गरेका छन् ।

    शुक्रबारदेखि उनीहरुले माइतीघरमा सामूहिक रुपमा धर्ना सुरु गरेका हुन् ।



    उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राखेका छन् ।



    युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था गर्न माग राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार