Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गृहमन्त्री र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ : पदम गिरी

    गृहमन्त्री र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ : पदम गिरी

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 642
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अवैध रुपमा सुन आयातमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

    सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतले राजीनामा निुपर्ने बताएका हुन् ।



    प्रमुख सचेतक गिरीले गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । प्रमुख सचेतक गिरी भन्छन्, ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं ।’



    त्रिभुवन विमानस्थलमा भन्सार जाँच पास गर्ने कार्यमा गृह मन्त्रालय र अर्थ मन्त्रालय अन्तर्गतका निकायहरु रहने हुँदा दुवै मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने एमालेको धारणा रहेको गिरीले बताए ।

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको छ।

    साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार