Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • पाँचथर ट्याक्सी दुर्घटना : घाइते थप एकजनाको मृत्यु

    पाँचथर ट्याक्सी दुर्घटना : घाइते थप एकजनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 426
    SHARES

    फाइल तस्विर

    पाँचथर । मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै भएको ट्याक्सी दुर्घटनाममा परी घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ ।

    उपचारका लागि झापा लगिएकी फिदिम नगरपालिका–१० याङनाम की ४० वर्षीया सविना विकको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    मंगलबार दिउँसो मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना भएको थियो ।



    दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए । घाइतेहरुमध्ये पाँच जनाको झापामा र बाँकीको फिदिम अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार