Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत, एक अझै बेपत्ता

    त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत, एक अझै बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 2.5K
    SHARES

    चितवन । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

    काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेका छन् ।



    मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।

    सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । उनको खोजी कार्य जारी छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार