Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाँचथर ट्याक्सी दुर्घटना : गम्भीर घाइते युवतीकाे मृत्यु, मृतकको संख्या तीन पुग्यो

    पाँचथर ट्याक्सी दुर्घटना : गम्भीर घाइते युवतीकाे मृत्यु, मृतकको संख्या तीन पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 522
    SHARES

    फाइल तस्विर

    पाँचथर । मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै मङ्गलबार भएको ट्याक्सी दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये थप एकजनाको मृत्यु भएको छ ।

    झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको आज बिहान मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।



    दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका–१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।



    मंगलबार दिउँसो मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ जाँदै गरेको मे १ ज १९४१ नम्बरको जिप चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए ।

    बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार