Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रोहितलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ

    रोहितलाई गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 1K
    SHARES

    विराटनगर। सुनसरीको धरान– इटहरी सडक खण्डमा २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा लेटाङ नगरपालिका १ घर भएका ३५ वर्षीया दीपक तिम्सिना र धरान १४ का ३४ वर्षीय अनसन तामाङ छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले हत्या आरोपीलाई घटना भएको १२ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको हो ।



    तिम्सिना जवरजस्ती करणी मुद्दामा १० वर्ष र अनसन लागु औषध मुद्दामा ६ महिना कारागार बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु चोरी र लुटपाटको घटनामा संलग्न छन् ।



    पक्राउ परेकाको साथबाट पेस्तोल, गोलीलगायतको वस्तु बरामद भएको प्रहरीले जनाएको छ । २८ औं जन्मदिनको दिन साथीसँग घुम्नका लागि धनकुटाको मुलघाट पुगेर फर्कनेक्रममा उनीमाथि धरान इटहरी सडक खण्डको सेउती खोलाको पुल दक्षिणतर्फ उनीमाथि गोली प्रहार भएको थियो ।

    गोली प्रहारबाट गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार