Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुनसरीको कर्फ्यू हटाउन सर्वदलीय बैठक जारी

    सुनसरीको कर्फ्यू हटाउन सर्वदलीय बैठक जारी

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 486
    SHARES

    सुनसरी। युवकमाथि स्थानीयले कुटपिट गरेपछि अशान्त बनेको सुनसरीका पाँचवटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ ।

    फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले अशान्त बनेको सुनसरीका पाँचवटा पालिकामा आज पनि कर्फ्यु जारी रहेको हो ।



    दुई समूहबीचको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।



    कर्फ्यू हटाउनका लागि स्थानीय प्रशासनले सर्वदलीय छलफल आह्वान गरेको थियो । छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुनेछ । शुक्रबार दिनभर अशान्त रहेको सुनसरीको दक्षिणी क्षेत्रको अवस्था कर्फ्युका कारण शनिबार सामान्य छ ।

    प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । कुटपिटपछि हिन्दु र मुसलमान समुदायबीच विवाद भएको थियो ।

    विवादका कारण भुटाहा क्षेत्र दिनभर अशान्त भएको थियो ।भुटाहामा शुक्रबार भएको झडपमा परी १० जना आन्दोलनकारी र १८ जना प्रहरी पनि घाइते भएका थिए ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार