Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुनसरीमा दुई समूहबीच झडप भएपछि प्रहरीले चलायो गोली

    सुनसरीमा दुई समूहबीच झडप भएपछि प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 2.5K
    SHARES

    सुनसरी । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

    हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो ।



    प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ । दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।



    दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

    एसइईको परीक्षा हुँदै गर्दा हरिहर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो।

    उक्त झगडालाई लिएर भीडभाड भइरहँदा सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार