Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हट्यो सुनसरीका पाँच पालिकामा लागेको कर्फ्यू

    हट्यो सुनसरीका पाँच पालिकामा लागेको कर्फ्यू

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 234
    SHARES

    विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच पालिकामा लागाईएको कर्फ्यू हटाएको छ।

    सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित अन्य तीन पालिकामा लागेको कर्फ्यू हटेको हो ।



    कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरी प्रशासनले जनाएको छ ।



    दुई समूहबीचको विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो ।

    शनिबार भएको सर्वदलीय बैठकमा दुवै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यू लगाइएको थियो ।

    स्थानीय प्रशासनले सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा पूर्णरुपमा कर्फ्यू र इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा आंशिक रुपमा कर्फ्यू जारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार