Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • प्रेममा धोका पाएपछि प्रेमीकाको हत्या, संलग्न बाबुराम धनकुटाबाट पक्राउ

    प्रेममा धोका पाएपछि प्रेमीकाको हत्या, संलग्न बाबुराम धनकुटाबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 459
    SHARES

    सुनसरी। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबिचमा रहेको खोल्सामा मृत फेला परेकी सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएका श्रेष्ठको प्रेमीसमेत रहेका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो।



    गत चैत ७ गते दिउँसो २ः ५९ बजे श्रेष्ठको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटनापछि अनुसन्धान गर्दा मृतक सुमना श्रेष्ठको हत्यामा धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलको संलग्नता रहेको प्रहरीले पत्ता लगाएको थियो ।



    प्रहरीका अनुसार उनीहरूबिच २ वर्षदेखि फेसबुक मार्फत प्रेम सम्बन्ध थियो । तर, गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् ।

    सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबीच विवादको श्रृङ्खला सुरु भएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मुलघाटमा गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटाको धनकुटा नगरपालिका ९ मुलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको हो ।

    पक्राउ परेका भुजेललाई सुनसरी जिल्ला अदालतमा प्रस्तुत गरी सात दिनेको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार