Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुनसरीमा गोली प्रहार गरेर अज्ञात समूहद्वारा ५ लाख लुटपाट

    सुनसरीमा गोली प्रहार गरेर अज्ञात समूहद्वारा ५ लाख लुटपाट

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 873
    SHARES

    सुनसरी । सुनसरीमा गोली प्रहार गरेर त्रसित बनाउँदै एक व्यक्तिमाथि लुटपाट भएको छ ।

    हरिनगरा गाउँपालिका-२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद लुटिएको हो ।



    अन्सारीमाथि इनरुवा नगरपालिका-९ र हरिनगरा-३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रहरीले जनाएको छ।



    अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै गर्दा गोली प्रहार भएकाृ हो।

    घटनामा संलग्नको पहिचान भने हुन सकेको छैन। लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगन्ज र हरिनगरा, प्रहरी चौकी भुटाहालगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको छ।

    घटनास्थलमा पुगेर बुझ्दा पुरानो अपाचे मोटरसाइकलमा सवार रहेका ३ जनाले लुटपाट गरेको जानकारी प्रहरीले पाएको छ।

    प्रहरीका अनुसार लुटपाटमा संलग्नमध्ये २ जनाले कालो र १ जनाले सेतो रंगको कपडा लगाएको भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार