Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सुनसरीका पाँच पालिकामा निषेधाज्ञा जारी, प्रहरीले गर्‍यो ८० राउन्ड हवाई फायर

    सुनसरीका पाँच पालिकामा निषेधाज्ञा जारी, प्रहरीले गर्‍यो ८० राउन्ड हवाई फायर

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 504
    SHARES

    सुनसरी । सुनसरीको हरिनगर बजार तनावग्रस्त बनेपछि पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ ।

    एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको हो।



    इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।



    साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामा दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए ।

    कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो । दुई समूहबीचको झडपले उग्ररुप लिएपछि निश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

    हरिनगर गाउँपालिका वडा-४ स्थित गाउँपालिकाको कार्यालय रहेको बजार क्षेत्र मध्याह्नदेखि उत्पन्न भएको तनाव अहिलेसम्म मत्थर भएको छैन। अहिलेसम्म प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको बताईएको छ ।

    प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् । दुई समूहबीच झडप हुने स्थिति भएपछि प्रहरीले एउटा समूहलाई सम्झाइबुझाई गरी घर पठाएको थियो।

    अर्को समूहलाई पनि सम्झाइबुझाई फर्काउन खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार