Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रदर्शनकारीमाथि प्रहरीले अमानवीय व्यवहार गर्‍यो, विराजमानहरूको बेलैमा ध्यान पुगोस् : बाबुराम

    प्रदर्शनकारीमाथि प्रहरीले अमानवीय व्यवहार गर्‍यो, विराजमानहरूको बेलैमा ध्यान पुगोस् : बाबुराम

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं प्रहरीले प्रदर्शनकारीहरूलाई अमानवीय ढंगले कुटपिट गरेको बताएका छन् ।

    उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । प्रहरीले गरेको अमानवीय क्रियाकलापलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने लोकतन्त्रलाई के होला भन्दै प्रश्न पनि गरे ।



    उनले सरकारका उच्च पदाधिकारीहरूले बेलैमा ध्यान नपुर्‍याए इतिहास निर्मम हुने चेतावनी दिए ।



    उनले लेखेका छन्, ‘नेसपाका केन्द्रीय सदस्यहरू नेरूता तामाङ, मन्जु थापा मगर, मन्जु मिक्चान तामाङलगायत दर्जनौँ प्रदर्शनकारीहरूलाई काठमाडौं प्रहरीले हिरासतमा लिएर अमानवीय ढंगले कुटपिट गरेको भिडिओ, अडियो, फोटो र प्रत्यक्ष भोग्ने,देख्ने,सुन्ने साक्षी विद्यमान छन् । अझै पनि यसलाई ढाकछोप गरेर, कुतर्क गरेर बस्ने हो भने हाम्रो लोकतन्त्रलाई के भन्ने होला ? कुर्सीमा विराजमानहरूको बेलैमा ध्यान पुगोस् नत्र इतिहास निर्मम हुन्छ है ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार