Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुन तस्कारीका नाइकेलाई पक्राउ गर्न माग गर्दै बानेश्वरमा राष्ट्रिय युवा संघको प्रदर्शन

    सुन तस्कारीका नाइकेलाई पक्राउ गर्न माग गर्दै बानेश्वरमा राष्ट्रिय युवा संघको प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 774
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार राजधानीको बानेश्वरमा संघले प्रदर्शन गरेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको प्रदर्शनकारीको आरोप छ ।



    सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्र समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । सुन तस्कारी प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने युवा संघको माग छ ।



    पशुचौपायामा लागेको लम्पी स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारीपीडितको समस्या समाधान गर्न पनि युवा संघले माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार