Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी

    माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 765
    SHARES

    काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।

    संसद् बैठकअघि पार्टीको संसदीय दलको बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।



    संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार सकिएको केन्द्रीय कमिटीको निर्णयहरूको जानकारी गराएका छन् ।



    त्यस्तै, बैठकमा संसदीय समितिका सभापतिबारे पनि छलफल भइरहेको बताइएको छ । संघीय संसद्का दुवै सदनको बैठक आजै दिउँसो बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ ।

    राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आह्वान गरिएको छ । यस्तै सोमबार मध्याह्न संसद्को गतिरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले पनि प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेतालाई बोलाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार