Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपराष्ट्रपति यादवको पहिलो विदेश भ्रमण चीनबाट

    उपराष्ट्रपति यादवको पहिलो विदेश भ्रमण चीनबाट

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने भएका छन् ।

    उपराष्ट्रपति यादव ‘चाइना– साउथ एसिया एक्सपो’ मा सहभागी हुन अर्को साता युनान प्रदेशको कुनमिङ् जाने भएका हुन् ।



    उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो । चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गर्ने भएका छन्।



    उपराष्ट्रपति यादव साउन २९ मा कुनमिङ् जाने भएका हुन् । उक्त एक्सपो अगस्ट १६ देखि २० सम्म चल्ने छ ।

    उक्त एक्सपोको मुख्य उद्देश्य चीन र दक्षिण एसियाली मुलुकहरूको सहकार्य र एकता कायम गरी विकासमा अघि बढनु रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार