Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव चीन प्रस्थान

    साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव चीन प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 510
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् ।

    उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादवको यो पहिलो विदेश भ्रमण हो । चीन भ्रमण गरेर उपराष्ट्रपति यादवले आफ्नो विदेश भ्रमण सुरु गरेका छन् ।



    यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा चीनका राजदूतले बिदाइ गरेका थिए ।



    उनी त्रिभुवन विमानस्थलबाट पौन पाँच बजेको उडानमा त्यसतर्फ लागेका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा विशेष अतिथिको रूपमा उनी चीन भ्रमणमा जान लागेका हुन ।

    उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

    उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार