Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपराष्ट्रपति यादव साताव्यापी भ्रमणका लागि चीन जाँदै

    उपराष्ट्रपति यादव साताव्यापी भ्रमणका लागि चीन जाँदै

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 516
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादव आज चीनको कुन्मिङमा साताव्यापी भ्रमणमा जाने भएका छन् ।

    सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव आज चीन जान लागेका हुन् ।



    उपराष्ट्रपति यादव आज अपराह्न ४स्२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ ।



    सो मेलाको उदघाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

    चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन् ।

    उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौं फर्किने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार